बैतडी सिगास मा राहत वितरण मा राजनीति, स्थानीयद्वारा चर्को आलोचना र विरोध

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी, बैशाख २४ । टेकसिंह धामी (बैचडी)
बैतडी को सिगास गाउँपालिकाका बिभिन्न वडाहरुले राहात खरिद बिक्री र वितरण गर्ने काम चलिरहेको छ। यसअघि पालिका का ९ वटै वडाहरुमा साबुन र मास्क बितरण गर्ने भनेर भनिए पनि कतै नबाडिएको भेटियो त कतै गुणस्तर हिन कपडा को मास्क वितरण गरेको गुनासो पालिका स्तरमा उठेको थियो।

गाउँपालिकाका ९ वटै वडाहरुमा राहत वितरण को क्रम चलिरहेका बेला राहत वितरण मा मनोमानी भएको र अनियमितता भएको स्थानीय ले गुनासो पोखेका छन्। प्रदेश सरकार को राहतमा पनि बिबाद आएको जानकारी आएको छ। यो राहत वितरण केवल कमाइ खाने भाडो बनेको , देखावटी चर्तिकला र चुनावि एजेण्डा र कार्यकर्ता पाल्ने आधार बनेको स्थानीय ले दुखेको ब्यक्त गरेका छन्। प्रति परिवार १० केहि चामल बितरण गरेको पनि स्थानिय ले बताए । यो १० के जि ले आफ्नो पिडा र भोक नमेटिने भन्दै स्थानीय आक्रोशित बनेका छन्।

सिगास गा पा मा राहत वितरण प्रक्रिया मा राजनीति भएको भन्दै चर्को आलोचना र विरोध भइरहेको छ सम्बन्धित वडाका वडा अध्यक्ष हरुले आफु निकटका मान्छे र पार्टी निकट का मान्छेलाइ राहत वितरण गरेको भन्दै गाउँपालिका का अधिकांश वडाहरुमा स्थानीय हरु ले बिरोध जनाएका छन् भने सिगास वडा नं १ मा वडा अध्यक्ष ले मनोमानी गरेको भन्दै बिरोध आएपछि राहत वितरण प्रक्रिया नै स्थगित गरिएको थियो।

सिगास मा राहत वितरण गर्दा तथ्याङ्क एक वितरण अनेक भएको पाइन्छ,केहि सिमित मान्छेको नामावली संकलन गरि आफ्ना निकटतम मान्छे हरुलाइ राहत वाडिरहेको स्थानीय ले गुनासो पोखेका छन्।वास्तविक गरिव ,पिडित असहाय भन्दा पनि अझ हुने खानेले नै राहत पाएको जनगुनासो आएको छ।

पार्टी का सक्रिय सदस्यहरू, शिक्षक, ठुला बिकास निमार्ण समिति का अध्यक्ष,सचिबहरु , पूर्व निर्वाचन लडेका नेताहरु, समाजसेवी भनेर चिनिने ब्यक्तिहरुले नै राहत पाएको आफुलाइ जानकारी समेत नगरिएको भन्दै स्थानीय हरु आक्रोशित बनेका छन्। गाउँपालिका भित्र का एकल महिला , अपाङ्गता भएका ब्यक्तिहरु ,गरिव मजदुर को नाम मा आएको राहतमा अनियमितता गर्न नहुने स्थानिय को भनाइ रहेको छ।

बन्दा बन्दि (लकडाउन) को करिव ४० दिन बितिसक्दा पनि राहत नबाडिएको र आफुहरुले खाध्यान्न अभाव झेलिरहेको बताउनुहुन्छ सिगास का स्थानीय। यसअघि नामावली संकलन का क्रममा पनि आफ्नो आफ्नो मान्छेहरु को नामावली मात्रै राखेको र जनप्रतिनिधि ले मनोमानी गरेको स्थानीय ले बताएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्