कैलाली प्रहरीद्धारा लकडाउनको समयमा बेबारिसे मदिरा बरामद

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २४ । 
कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानिय तहहरुबाट बेवारिसे मदिरा बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले कोरना भाईरस (कोभिड-१९) का कारण लक डाउन अवधि सुरु भए देखि हाल सम्म टीकापुर न.पा. र जानकी गा. पा. का बिभिन्न वडा एरियाहरुमा गस्ती पेट्रोलिङ गर्दै जाने क्रममा  बेबारिसे अवस्थामा सिल प्याक मदिरा १२६२ (एक हजार दुई सय बयासट्ठी) बोतल र घरेलु मदिरा अ. ६८०० (छ हजार आठ सय) लिटर बरामद गरीएको छ । 


बरामद गरीएको मदिरा ईलाका प्रहरी कार्यालय टिकापुरमा राखिएकोमा मिति बुधबार टीकापुर नगरपालिका नगर प्रमुख, ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख,सशस्तर तालिम केन्द्रका प्रमुख, टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष, स्थनिय पत्रकारहरुको रहोबरमा अबैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।


बस्नेतका अनुसार निम्न सिल प्याक मदिरा नियमानुसार कर दाता सेवा कार्यालय लम्की कैलालीमा आवश्यक कारबाहिका लागी पठाईएको छ । 

१. ड्राईगन बियर ४४(चौवालिस)  बोतल ।                           २) नमस्ते बियर १८ (अठ्ठार) बोतल ।   
३. स्टार गोल्ड बियर २ (दुई) बोतल ।                                  ४. बाह्रसिंगे बियर १४ (चौध) बोतल ।
५. अर्ना सानो बियर ९६ (छयानब्बे)                                    ६. लियोपार्ट १ (एक) बोतल ।
७. कर्णाली सोफी ६३९ (छ सय उन्चालिस)  पिस ।                 ८. कर्णाली स्पेशल ८७ (सतासी) पिस ।
९. सुपर ग्रिन ३५ (पैतिस) पिस ।                                         १०. लिची ५६ (छपन्न) पिस ।
११. मारुती क्वाटर १० (दश) पिस ।                                     ११.स्वीट ८४ (चौरासी) पिस ।
१२. एम्बेसन १२ (बाह्र) पिस                                              १३. कोहिनुर २७ (सत्ताईस) पिस ।
१४. रहर २९ (उन्नातिस)                                                    १५. किङ १८ (अठ्ठार) पिस ।
१६. महाकली ३३ (तेतिस) पिस ।                                         १७. प्राईम ५८ अन्ठाउन्न)          

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्