डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्षको निवासमा तोडफोड

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २४ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका प्रमुखको सरकारी निवासमा तोडफोड गरेको छ । राती ८ बजे चार जनाको समुहले गन्यापधुरा गाउँपालिका प्रमुखको सरकारी निवासमा तोडफोड गरेको हो । 


गन्यापधुरा गाउँपालिकाको वडा नम्बर २ का  स्थानिय भानु कार्की,सञ्जय कार्कि,डम्बर कार्की र टेक रावल मंगलबार राती ८ बजे  छलफल गर्नुछ भन्दै निवासमा आएको आफुले भोलि छ्लफल गर्ने भनेर पठाउन खोज्दा होहल्ला गर्दै निवास तोडफोड गरेको गाउँपालिका प्रमुख नवल मल्ल बताए । 

मापसे सेवन गरेर आएका चार जनाले निवास तोडफोड गरेको, तोडफोड गर्ने सन्जय कार्कि,डम्बर कार्की र टेक रावललाई पक्राउ गरिएको वडाल प्रहरि चौकीका इन्चार्ज धन बहादुर बिष्टले बताए । उनिहरुबाट २ थान चक्कु बरामद गरिएको इन्चार्ज बिष्टले बताए ।  तिनै जनालाई राती नै जिल्लाबाट आएको भ्यानमा पठाएको  इन्चार्ज बिष्टले बताए । घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जानकारी दिए । 


यता आफू राहत बितरणमा पक्षपात भएको भन्दै छलफल गर्ने गएको भानु कार्कीले बताए । घटना पछि राती नै कुजाकोट र कोरगाउबाट स्थानिय वडाल बजारमा आएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्