पीपीईमा कालोबजारी गर्ने धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्स कारवाहीको दायरामा

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २४ ।
लकडाउनको समयमा कालोबजारी गर्ने धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्स कार्वाहीमा परेको छ । उक्त सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रुपैँया जरिवाना गरिएको हो ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, धनगढी उप–महानगरपालिका, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र प्रदेश उभोक्ता हित संरक्षण निर्देशनालय समेतको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा कालोबजारी गरेको पाएपछि जरिवाना गरिएको हो ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले सप्लायर्सले पीपीईमा तोकिएको भन्दै ३२ दशमलव ७२ प्रतिशत पैँसा बढी लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको बताए ।

उक्त सप्लायर्स लाई उपभोक्ता संरक्षण एैन २०७५ को दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) (ख) बमोजिम तत्काल जरिवाना गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्