वेवारिसे अवस्थामा युवाको शव भेटियो

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर, वैशाख २५ ।
मोरङको बेलबारी नगरपालिका-७ मा हत्या गरेर फ्यालेको अवस्थामा बिहीबार बिहान एक युवाको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका-१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

बुधबार साँझ निस्किएका युवा घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । उनको शव मर्निङवाक गर्नेहरुले बेलबारी-७ स्थित नहरको डिलमा बिहीबार बिहान देखेपछि प्रहरीलाई खबर गरेको डीएसपी राईले बताए । 

प्रहरीका अनुसार युवाको खुट्टा, भुँडीलगायत शरीरका विभिन्न भागमा घिसारेको चोट छ । उनलाई घिसारेर हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । स्थानीय बासिन्दालाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार साथीहरुसँग मादक पदार्थ सेवन ९मापसे० गरेर गिरी रातको समयमा होहल्ला गर्दै हिँडिरहेका थिए 
। 
कुनै ठाउँमा सँगै बसेर मापसे गर्ने साथीहरुले नै हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालको नेत्रृत्वमा टोली परिचालन गरिएको डीएसपी राईले बताए । 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले नौ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान टुँगिएपछि घटनाको वास्तविकता बाहिर आउने डीएसपी राईले बताए । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्