विद्यार्थीको नतिजा सामाजिक सञ्जालमा नराख्न शिक्षा निर्देशनालय डोटीको निर्देशन

शिक्षा निर्देशनालय डोटी
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, वैशाख २५ । शिक्षा विकास निर्देशनालय दिपायल डोटीले विद्यार्थीको नतिजा सामाजिक सञ्जालमा नराख्ने निर्देशन दिएको छ । निर्देशनालयले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन नगर्न भनेको हो ।

सामाजिक सञ्जालमार्फत विद्यार्थीको नाम रोलनम्बर, पास र फेलसमेत छुट्याई नतिजा प्रकाशन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखापर्न सक्ने भन्दै निर्देशनालयले सूचना जारी गरेर सञ्जालमार्फत नतिजा प्रकाशित नगर्न आग्रह गरेको हो ।

त्यस्तै, नतिजा प्रकाशन गर्नै परे रोलनम्बर मात्रै राखेर नतिजा प्रकाशन गर्न शिक्षा समन्वय ईकाइ र स्थानीय तहका शिक्षा शाखालाई अनुरोध गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्