कोरोना अपटेडः बिहिबार देखिएन् नयाँ संक्रमण, रेड जोनमा ३३५ जना

प्रवक्ता डा. विकास देवकोटा कोरोना परीक्षण बारे जानकारी दिँदै
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, वैशाख २५ ।
नेपालमा बिहीबार थप मानिसमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको मन्त्रालयले जनाएको हो ।


नेपालमा हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट ५४ हजार ९३ वटा परीक्षण भइसेका छन् । 

त्यस्तै क्वारेन्टाइनमा १७ हजार ३७२ छन् भने आइशोलेशनमा १३३ जना रहेको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।

नेपालमा कोरोना संक्रमित ९९ जना मध्ये २२ जना उपचारपछि निको भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् ।

नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयको भनाइ छ ।

यस्तै नेपाल अमेरिका मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । प्रतिष्ठानको आइसियू सुधारका लागि फाउन्डेसनले सहयोग गरेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

यसैगरी मन्त्रालयले सरकारले घोषणा गरेको २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको छन् ।

कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्