धनगढीका वेसहारा सडक कुकुरको सहयात्री बन्दै ‘स्ट्रीट पव्ज’

Street Paws Dhangadhi
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २७ ।
धनगढी  उप–महानगरपालिकाको वडा नम्बर  ३, चटकपुर निवासी सामाजिक कार्यहरुमा सक्रिय  रितिका गुरुङ ले वेवारिसे  कुकुरका बच्चाको लागि आफ्नै निवास बाट आस्रय सेवाको सुरु गरेकि छिन । 
उनि लगायतका धनगढीका युवा बुद्धिजीवी यवम समाजसेवीको सक्रियतामा सडकमा बेवारिसे अवस्थामा छाना र खानाको अभावका कारण वेवारिसे कुकुरमा पर्न गएको नकारात्मक प्रभावका साथै बिभिन्न रोगहरुको संक्रमणको बढ्दो क्रमलाइ मध्यनजर गर्दै  वेवारिसे कुकुरका बच्चाहरुका लागि “Street Paws” (स्ट्रीट पव्ज)  सस्थाको स्थापना गरि पाल्न सुरु गरेका हुन्।

सडकमा वेवारिसे अवस्थामा कुकुरका बच्चाहरु खाना र छानाको अभावमा अनियन्त्रित भइ बिभिन्न प्रकारका रोगका सन्क्रमित हुदै गएका लगाएत स-साना कुकुरका बच्चाहरु यत्रतत्र  बिच सडकमा ओहोरदोहोर गर्दैगर्दा सडक दुर्घटनाको क्रम पनि  बढ्दै  गएकोले सोसमस्या लाई न्यूनीकरण गर्न र वेसहारा सडकमा आस्रित कुकुरहरुको स्वास्थ र पारिवारिक माहोलमा उतारचढाव सृजना हुन नदिन उक्त मानविय कार्य सुरु गरिएको “Street Paws” कि संचालिका गुरुङले बताइन ।  
बिगत ५ महिना देखी आफ्नै निवासको एउटा छुट्टै कक्ष बाट  सुरुमा २ वटा वेवारिसे कुकुरका बच्चा बाट सुरु गरिएको उक्त आस्रय कक्षमा अहिले सम्म ३० वटा कुकुरको उद्दार गरिसकिएको छ। 

त्यस मध्ये  ४ वटा वेवारिसे बच्चाहरुको शरिरमा चोटपटक लागी , घाउ परि नाजुक अवस्थामा रहेकालाइ उद्दार गरिएको थियो उक्त  बच्चाहरुलाइ उपचार पस्चात निको बनाइ ति लगाएतका अन्य १८ वटा बच्चाहरुलाइ धनगढी आसपास निवासी स्थानीय व्यक्तित्वहरुले पालन पोषणका साथै पारिवारिक माहोल प्रदान गराउनका लागि अपनाउनु भएको छ । हाल ८ वटा वेवारिसे कुकुरका बच्चाहरुलाइ सहारा दिइ  राखिएको छ। 

वेवारिसे सडक कुकुरहरुलाई उद्दार पस्चात उपचारका लागि अनुभवी यवम विशेष  मेडिकल टिमको समेत आबश्यक्ता  हुने भएकोले उपचार तथा परामर्श स्वास्थ्य सेवा हेल्प फर ह्यप्पिनेसका टिम सुदुर पश्चिम अन्तर्गत इमर्जेन्सी भेटेरीनरी टिमले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

 
संचालिका गुरुङले यो कार्य चुनौती पुर्ण भएपनि  आउदा दिनहरुमा यस सस्थालाइ अझै प्रभावकारी यवम वेवारिसे कुकुरका बच्चा मात्र नभइ वेवारिसे वयस्क सडक कुकुरहरुलाइ समेत उद्धार गरि  कुकुरलाई छाना र खानाको व्यवस्था गर्न ठोस कदम चाल्दै अघि बढ्ने सोच बनाएको र सम्पुर्णको सहयोग मार्फत यो पुरा हुने बताईन साथै यस मानविय कार्य प्रती सम्पुर्ण समाज सेबि,बुद्धिजीवी व्यक्तित्वहरुलाई हातेमालो गर्दै अघि बढ्न सहयात्रा र सहयोग गर्नका लागि ९८६८४०४८७३ मा सम्पर्क गर्न समेत अपिल गरेकि छन् । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्