धनगढी उपमहानगरपालिकामा राहतमा विवाद, स्थानियले लगाए वडा नं. २ को कार्यालयमा ताला

ताला
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख ३० ।
पछिल्लो केहि दिनयता धनगढी उपमहानगरपालिका राहत वितरणको विषयमा विवादित बन्दै गएको छ । मंगलबार राहत वितरणमा विवाद हुँदा धनगढी उपमहानगरपालिका वडा नं. २ मा स्थानियले तालाबन्दी गरेका छन् ।

बिहान ६ बजेबाट राहत वितरण कार्य सुरु गरिएको र एकाएक वडा अध्यक्षले बिना जानकारी राहत वितरण कार्य बन्द गरेर वडा बन्द गरि आफुहरुलाई बेवास्ता गरेको स्थानियले आरोप लगाएका छन् । वडा अध्यक्षले केहि आफ्ना कार्यकर्तालाई बोलाएर राहत वितरण गरेका छन् तर महिनौदेखि नाम लेखाएर बारम्बार राहतको लागि हारगुहार गर्दापनि मतलब गरेनन्, उनिहरुले भने ।

मंगलबार गरिएको विरोधमा शिबिरमा बस्दै आएका, एकल महिला, भाडामा बस्ने र गरिब वर्ग भनि वडा बाटै तोकिएका व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टि नेकपाले वडा नं. २ मा रहेका गरिब, मजदुर तथा समस्यामा परेका परिवारको प्रतिनिधित्व गर्दै ध्यानाकर्षण सहित विज्ञप्ति जारी गरी वडामा ताला लगाएको हो । त्यस्तै आफुहरुको माग र समस्याको समाधान नगर्दासम्म कार्यालयमा लगाईएको ताला नखोल्ने जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्