लिपुलेकको सिमा विवाद सुल्झाउन डडेल्धुरामा विद्यार्थि संगठनद्धारा सरकारलाई ज्ञापनपत्र

ज्ञापनपत्र
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, वैशाख ३० । (दिपकराज भट्ट)
भारतले लिपुलेक क्षेत्रको नेपाली भूमि हुँदै चीन जोड्ने सडक निर्माण गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन्। लिपुलेकबारे निर्णायक पहल गर्न माग गर्दै डडेल्धुराका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत अनेरास्ववियू, नेविसंघ र समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत ज्ञापनपत्र पठाएका हुन्।

ज्ञापनपत्रमा भनिएको छ ‘नेपाल आमाको छातीमा भारतीय विस्तारवादीहरूले बुट बाजार्दै गर्दा नेपालका सम्पूर्ण युवा विद्यार्थी साथीहरूले नेपालको रक्षा गर्नुपर्ने परम कर्तव्य दायित्व सम्झिँदै सम्पूर्ण विद्यार्थी संगठनमार्फत यो ज्ञापनपत्र पेस गर्दछौ । यथाशीघ्र रूपमा नेपाल सरकारबाट नेपाली भूमिको रक्षार्थका लागि सरकारले सर्वपक्षीय बैठकसहित संसदमा ठोस् निर्णय र उपयुक्त कदम नचाले आगामी दिनमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी राख्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत संगठनले सरकारलाई दिएका छन्।

‘नेपालको लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेकोप्रति हामी डडेल्धुरा जिल्लामा क्रियाशील सम्पूर्ण विद्यार्थीहरूको गम्भीर ध्यानाकर्षण भएको छ’ ज्ञापन पत्रमा भनिएको छ। ६ महिनादेखि सीमा अतिक्रमण गरेको मुद्धा देशमा चर्किंदै गर्दा नेपाल सरकार र सम्बन्धित निकायहरू बेखबर रहनु देशका लागि दुभाग्यपूर्ण रहेको उनीहरूको बुझाइ छ।

‘झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको यो सरकारलाई हिजोका असमान सन्धि सम्झौतालाई खारेज गर्ने र सच्चाउन सक्ने जनमत भएको बेलामा कुनै पनि किसिमका पहल कदमी नहुनु अन्तर्रा्ष्ट्रिय स्थरमा कुनै कूटनितिक र कानुनी पहल नहुँदा हामी सम्पूर्ण विद्यार्थी संगठनहरू ससंकित भएका छौं।’ अनेरास्ववियुका संयोजक सन्तोष भट्ट, नेवि संघका प्रतिनिधि जगत ऐर र समाजवाद विद्यार्थी यूनियनका प्रतिनिधि प्रदिप भट्टद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । सीमा मिचेर भारतले लिपुलेकसहित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध सुरु भएको हो।

यसरी भारतले एकलौटि ढंगले विश्व माहामारिको रुपमा रहेको कोरोना रोगको सनत्रास रहेको समयमा सिमा अतिक्रमण गरेको प्रती डडेल्धुराका विद्यार्थी संगठनले सामाजिक दुरि कायम राखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन । यसरी नेपाली भुमि मिचिदा सरकारले खासै चासो नदीएकाले आफुहरुले सरकारको ध्यान आक्रशण गराएको विद्यार्थी नेता भट्ट ले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्