गुणस्तरहिन राहत वितरणप्रति ध्यानाकर्षण सहित विप्लवको विज्ञप्तिः भन्छ, ‘जनताको जिवनको मुल्य २ लाख होइन’

विज्ञप्ति
Ad
  • कालोपाटी सम्बाददाता

गुणस्तरहिन राहत वितरणप्रति नेकपा बिप्लबले ध्यानाकर्षण भएको भन्दै अपराधिक र अमानविय पात्रहरूलाई कुनै पनि बाहानामा उन्मुक्ति दिने दुस्साहस गरिएमा पार्टीले कडा जनकारबाही गर्न बाध्य हुने बताएको छ । 

नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीले मंगलबार विज्ञप्ति जारी गर्दै विश्व माहामारीका रुपमा फैलिएको कोरना भाइरस कारण राहतको अभावमा तड्पिरहेका धनगढी उपमहानगरपालिका-४ का जनतामा राहतको रुपमा बाँडिएको अखाद्य चामलको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नगर कमिटी ईन्चर्ज अनमोल द्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, संकट र पिडाको यस असहज परिस्थितिमा जनताको जिवन,स्वास्थ्य माथी खेलबाड गद्रै बदनियतपूर्ण तरिकाले अभावमा रहेका जनतालाई राहतको नाममा अकुत लूट मच्चाउन खोज्ने ठाकुर ट्रेड लिंक र यस घृणित कार्यमा सङ्लग्नहरुको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ । राहतको रूपमा वितरित चामल गुणस्तरहिन रहेको प्रमाणित भैसकेको यस अपराधिक एवं अमानवीय कुकर्ममा सङलग्न जो कसैलाई पनि हदैसम्मको कडा कारवाही गरियोस भन्ने कुराप्रति संबन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ । तर केहि दलाल, कमिसनखोर व्यक्ति,नेता,र व्यापारीको प्रभाव मा परी अनुगमन निकायले नै कडा कार्वाही गर्नुको साटो न्यूनतम २ लाख मात्र जरिवाना गरीएको छ। यदि त्यस्ता अपराधिक र अमानविय पात्रहरूलाई कुनै पनि बाहानामा उन्मुक्ति दिने दुस्साहस गरिएमा हाम्रो पार्टी कडा जनकारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

 
नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटी द्धारा जारी विज्ञप्तिः 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्