सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दार्चुलाको व्यास प्रस्थान

सशस्त्र प्रहरी
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, वैशाख ३१ ।
भारतले अतिक्रमण गरेको लिपुलेक लगायतको नेपाली भू-भागको सीमा सुरक्षाका लागि  सशस्त्र प्रहरीको टोली व्यास प्रस्थान गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरुमा सीमा निगरानी पोष्ट  (बीओपी) स्थापनाका लागि सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
उक्त क्षेत्रको थप विश्लेषणपछि बीओपीमा रहने सशस्त्र प्रहरीको संख्या थपगढ हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता (डीआइजी) प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरेपछि नेपाल सरकारले त्यस क्षेत्रको निगरानी तथा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो ।

उक्त स्थानमा चौकी स्थापना भएपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या १२१ वटा पुग्ने श्रेष्ठले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्