कोरोना अपडेपः थप एकजनामा संक्रमण पुष्ठि, नेपालमा संक्रमितको संख्या २१८ पुग्यो

कोरोना पुष्टि
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख ३१ ।
नेपालमा थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्ठि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ।

संक्रमण पुष्ठि भएका संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्