देशका पहाडी भूभागमा चट्याङसहित असिना पानीको सम्भावना

Musam
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ०१ ।
देशका धेरै ठाउँको मौसम अहिले सफा छ भने पश्चिम र पूर्वका पहाडी भूभागमा अहिले सामान्य बदलीको अवस्था छ ।
देशका धेरै ठाउँमा आज दिनभर नै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुका पूर्व र पश्चिमका केहि पहाडी भूभागमा मात्रै चट्याङ सहित असिना पानीको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार बेलुकापख पोखरा आसपासका क्षेत्र र पूर्वका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आजराती पूर्वका केही ठाउँमा मेघगर्जन र हावाहुरी सहित पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्