अख्तियारले लियो धनगढीको राहत खरिद सम्बन्धि कागजपत्र नियन्त्रणमा

कञ्चनपुर
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले धनगढी उपमहानगरपालिकाको राहत खरिद सम्बन्धि कागजपत्र नियन्त्रणमा लिएको छ । बिहिबार अख्तियारले अघि सारेको छानबिनको पक्रियाको पहिलो चरणमा कागजपत्र नियन्त्रणमा लिएको हो ।

केही दिन अगाडी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा वितरण गरिएको राहत गुणस्तरहिन प्रमाणित भएको थियो । राहतको चामलमा घुन, चिलिसा, किरा र कुहिएको भेटिएप्रश्चात कारबाही स्वरुप धनगढी उपमहानगरपालिकाले सम्झौता गरि खाद्यान्न आपुर्ति गरिरहेको ठाकुर ट्रेड लिंकलाई २ लाख जरिवाना गराएको थियो ।

पटक पटक जनस्तरबाट जनताको जिवनसँग गरिएको खेलवाडका लागि उक्त कारबाही प्रयाप्त नभएको भन्दै विरोध उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले आज २ करोड ६१ लाखमा गरिएको टेण्डर र राहत वितरणसँग जोडिएको सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्