बझाङकी महिलाले भारतीय क्वारेन्टाईनमै गुमाईन गर्भमा हुर्किदै गरेको ५ महिने शिशु

Bajhang
Ad
  • कालोपाटी सम्बाददाता

बझाङ, जेठ ०१ । (टेक सिंह धामी)
भारतको रामपुरस्थित क्वारेन्टाइनमा बस्दै आएकी बझाङकी १ महिलाको उच्चरक्त श्राव हुँदा ५ महिनामै गर्भ खेर गएको छ ।

बझाङको थलारा गाउँपालिका-२ भनाडा घर भएकी सरिता नेपालीको उच्च रक्तश्रावका कारण गर्भ पतन  भएको हो ।

५२ दिनदेखि भारतको क्वारेन्टाइनमा बसिरहेकी उनको स्वास्थ्य स्थिति नाजुक हुँदा उच्च रक्तश्राव भएर गत मंगलबार राती गर्भ गेर गएको उनका श्रीमान् जनक नेपालीले बताए । गर्भवती अवस्थामा पोषणयुक्त खाना र स्वच्छ पानी नहुनु र बढी तनावका कारण रक्तश्राव भएको उनीहरूको भनाई छ । थलारा गाउँपालिका–१, २, ३ र ४ का बासिन्दाहरू भारतका विभिन्न शहरबाट आएर ९३ जना उत्तर प्रदेशस्थित रामपुरको १ सार्वजनिक घरमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन् । 

बाथरुमको दूषित पानी र दिनको एक छाक पुरी मात्रै खाएर बस्नुपरेको उनीहरुको गुनासो छ । यसअघि १ महिला त्यहीँ क्वारेन्टाइनमा सुत्केरी भएकी थिइन् भने अझैं २ महिला गर्भवती रहेको थलारा-२ का भरत थापाले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्