कोरोना अपडेटः फेरी थपिए कोरोनाका ९ संक्रमित, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

कोरोना पुष्टि
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ २ ।
शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ पोजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके, नैनापुर ०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्