भारतको पलियामै अलपत्र परे बैतडीका ७० नागरिकः स्वदेश फर्काउ भन्दै हारगुहार, कसले सुन्ने ?

बैतडीका ७० नागरिक
Ad
  • कालोपाटी सम्बाददाता

बैतडी, जेठ २
भारतको गौरीफन्टा नाका नजिकै पलियामा बैतडीका ७० जना नागरिक अलपत्र परेका छन् । भारतको मुम्बईबाट आएका उनीहरुलाई गाडीले पिलभीती नजिकैको जंगलमा छोडेपछि उनीहरु अलपत्र परेका हुन् । गाडीले बीचबाटोमै छोडेपछि आफूहरु ६० किलोमिटर हिडेर भारतको पलिया पुगेको मेलौली नगरपालिका ७ घर भएका किशोर कार्कीले आफ्नो फेसबुकमा लेख्नु भएको छ । भारतको मुम्बईमा कोरोना संक्रमण बढ्दै गएपछि आफूहरु लुहाघाटका लागि हिडेको भएपनि गाडीले अलपत्र छोड्दा पलिया पुगेको उहाँले बताउनुभयो ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका ७० बढी नागरिक अलपत्र परेकाले उद्धारका लागि पहल गरिदिन हुन अनुरोध छ । ६ दिनदेखि नमकीन र बिस्कुटको भरमा दिन कटाउनु परेको उहाँले बताउनुभयो । सीमामा अलपत्र परेका नागरिकको उद्धारका लागि स्थानीय प्रशासनसंग छलफल भएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो ।

शिवनाथ गाउँपालिकाले पनि सीमामा अलपत्र परेका नागरिकको उद्धारमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सीमामा अलपत्र परेका नागरिकलाई उद्धारका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । सीमामा फसेका नागरिकलाई स्वदेश ल्याएमा गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्