कैलाली प्रशासनको स्वागतयोग्य पहल, भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेका ४७२ जनाको उद्धार गरिदै

उद्धार
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ २ ।
सुदूरपश्चिमको कैलालीसँग सिमाना जोडिएका सीमावर्ती भारतीय सहरमा अलपत्र परेका ४७२ जना नेपालीको आज उद्धार गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काइएको हो । भारतको पलियामा रहेको क्वारेन्टाइनमा अवधि सकिएका दुई सय बढिको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

छिमेकी मुलुक भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई आज नेपाल प्रवेश गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, स्वदेश भित्रिने सबैको स्वास्थ्य परिक्षण गरि गृह जिल्ला पठाइने छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्