सुदूरपश्चिम आएका ३३ आवसिय चिकित्सकको बिदाई

चिकित्सको बिदाई
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ २ ।
शुक्रबार सुदूरपश्चिममा आएका ३३ आवसिय चिकित्सकको बिदाई गरिएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सहयोगका लागि आएका आवसिय चिकित्सको आज बिदाई गरिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका बेला फ्रन्टा लाईनमा रहेर काम गरिरहेका चिकित्सकहरु आज काठमाण्डौ फिर्ता भएका छन् । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ संक्रमण नभेटिएका र जोखिम केहि कम भएपछि उनिहरु फिर्ता भएका हुन् ।

सुदूरपश्चिममा आएका ३३ जना आवसिय चिकित्सकलाई आज सेती प्रादेशिक अस्पतालका का चिकित्सक टोलिले बिदाइ गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्