एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गरिने, यस्तो छ राष्ट्रिय परीक्षा बोर्डको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय, निर्णयात्मक ५५ प्रतिशत विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्