लागुऔषध कारोबारमा संलग्न ३ जना गिरोह रुपन्देहीबाट पक्राउ, भए यस्ता वस्तु बरामद

Ad
  • कालोपाटी सम्बाददाता

रुपन्देही । कास्की जिल्ला प्रहरीको सक्रियतामा लागुऔषधको कारोबार गर्ने गिरोहलाई रुपन्देहीबाट पक्राउ गरिएको छ । गत असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार गुरुङको साथबाट डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुल बरामद गरिएको छ ।

यस्तै भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई पनि पक्राउ परेका छन् । कास्की प्रहरीले लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो । साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बानियाँसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्