सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा ५.५५ गुणाको ओभर सब्सक्राइव, २ करोड ९९ लाख बढि कित्ताको लागि पर्यो आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको प्राथमिक सेयरमा १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै ५.५५ गुणा बढिले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आज २ करोड ९९ लाख ८३ हजार भन्दा धेरै कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।

उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ । यस आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्राथमिक सेयर निष्कासनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्