निर्माणाधीन संघीय संसद भवनको काम छिटो सक्न सभामुखको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबार, पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरी तोकिएको समयभन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायको खोजी गर्दै काम गर्न दिशा निर्देश गरेका छन् ।

सभामुख सापकोटाले अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै उच्चस्तरीय समन्वयका लागि दैनिक रूपमा आउने व्यवधानको समाधान गर्न संसद सचिवालय र सम्वद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याए ।

सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्यअनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुखसमक्ष आग्रह गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्