नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित, माग पूरा नभए कडा कदम चाल्ने चेतावनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सीटीईभीटीका विद्यार्थी नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै आन्दोलित भएका छन् । सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ ।

समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ र’ ? कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्यार्थीहरूले बताएका छन् ।

सीटीईभीटीका सम्पूर्ण विद्यार्थीहरूका तर्फबाट बुझाइएको पत्रमा माग पूरा नभए कडा कदम चालिने चेतावनी पनि दिइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्