पूँजी वृद्धिका लागि बोनसपछि हकप्रद बिक्री गर्दै सिनर्जी पावर डेभलपमेन्ट, १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पूँजी वृद्धिका लागि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले बोनस सेयरपछि हकप्रद बिक्री गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले बोनसपछि कायम हुने पूँजीको पचास प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्