नबिल बैंकद्वारा पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै २०७२ साल पुस १३ गते सम्पन्न ३१औं साधारणसभाबाट पारित नगद लाभांश कतिपय सेरयरधनीहरु लिन नआएकाले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले एक महीनाभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ नेपाल लिमिटेड नक्सालमा सम्पर्क गरी लाभांश लिन आउन आग्रह गरेको हो । एक महिनासम्म पनि सेयरधनीहरुले लाभांश नलागेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्