नेपाल रेडक्रस सोसाइटी र कोका-कोला फाउन्डेशनबीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला फाउन्डेशनबीच सम्झौता भएको छ । कोभिड-१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागि सम्झौता भएको हो ।

यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु हो ।

साउन २१ गते आयोजित गरिएको हस्तान्तरण समारोहमा नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा.मनिता राजकर्णीकर र कोकाकोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री जस्तै २५ सय सर्जिकल मास्क, पाँच सय जोडी पन्जा, र ९६० सेनिटाइजर बोतलहस्तान्तरण गरेका थिए ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ ।

यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरीएको छ । नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्