उपत्यकामा पुन: कडा लकडाउन हुदैँ, रात्रीकालीन सवारी ८ बजे पछि चलाउन नपाईने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले रातिको ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्नमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रीकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै बेला चल्न पाउने भएको छ। निषेधाज्ञा भदौ ८ सम्म जारी रहनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्