नेप्सेमा नयाँ रेकर्ड कायम, ३१६१.४४ बिन्दुमा पुगेर बन्द भयो बजार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

‘क’  वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले बृद्धि भएको छ । उता कारोबार रकममा पनि बृद्धि देखिएको छ । यसअ अघि सोमबार  १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्