मानुषी लघुवित्त वित्तीय संस्थाको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ खुला, ३१ गतेसम्म आवेदन दिन पाईने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ मा आवेदन खुला गरेको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका खुला गरेको हो । साउन ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सो समयमा पुरा आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्