जाजरकोटमा लागुऔषध कारोबारमा संलग्न थप दुईजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । जाजरकोटमा लागुऔषध कारोबारमा संलग्न थप दुईजनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भेरी नगरपालिका २ डिगा निवासी ५० वर्षीय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गत शनिबार लुकाइछिपाई अवैध लागुऔषध चरेस लिन थालेका एक भारतीयसहित दुईजनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ वर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खानलाई जिल्ला सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेससहित पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाका अनुसार उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरीएको हो। जिल्ला अदालत जाजरकोटले उनीहरु सबैलाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्