पाल्पामा प्रहरीले चितुवाको छालासहित दुईजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पामा प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका ७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु-३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छालासहित फेला पारेको प्रहरीको दाबी छ ।

मंगलबार दिउँसो रिब्दीकोट गाउँपालिका-५ कुसुम खोलाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्