कर्णालीमा प्रदेश सभा सदस्य पद गुमेका साथीहरुलाई फेरि जिताएर ल्याउँछौं : माधव नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यबाट पद गुमाएका नेताहरुलाई फेरि चुनाव जिताएर ल्याउने बताएका छन् । उनले आफूनिकट अनेरास्ववियुले एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यााएका आशिष झाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘साहस र बहादुरी देखाएका’ नेताहरुलाई फेरि चुनाव जितेर ल्याउने बताएका हुन्।

कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, नेपालले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरुलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरुलाई एमालेले सांसद र पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले सुरुमा अन्तरिम आदेशमार्फत  त्यसमा रोक लगाए पनि पछि उनीहरुलाई कारबाही गर्ने एमालेको निर्णय सदर गरेको थियो।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्