भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान भएका छन् । आठ वर्ष पहिले विशेष अदालतबाट दोषी ठहर भइ फरार रहेका सिरहाका नागेन्द्रप्रसाद यादव जेल चलान भएका हुन । नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरी सिरहा करागारमै पठाएको छ ।

यादव पूर्ववन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव हुन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस लिँदालिँदै ०६८ फागुन १७ मा काठमाडौँमा रंगेहात पक्राउ गरेको थियो ।

सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीका अनुसार अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि उनलाई पक्राउ गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्