बाजुराका बालबालिकामा निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ

Ad
  • कालोपाटी सम्बाददाता

कैलाली । जिल्ला अस्पताल बाजुरामा बालबालिकालाई निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक २० देखि ३० जनासम्म बालबालिकाहरू अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले जानकारी दिए ।

निमोनिया संगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि अक्सिजनको सहारामा बालबालिकाको उपचार भइरहेको डा। जोशीले बताए । अस्पतालमा हाल १३ जना बालबालिकाको उपचार भइरहेको छ ।

अस्पताल भर्ना भएका सबैजसो बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोभिड १९ समेत पोजिटिभ देखिएको डाक्टर जोशीले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्