‘एमाले विभाजित भएको होइन, केही मानिस मात्र अलग भएका हुन् नेकपा एमालेका’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । न्युज एजेन्सी नेपाललाई बिहीबार अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले एउटा चोइटो मात्र उछिट्टिएको टिप्पणी गरेका हुन् ।

पार्टीमा चुम्बकका दुई ध्रुव देखिएको बताउँदै उनले बाह्य शक्तिले एमाले फुटाएको दाबी गरेका छन् । ५१ वर्षअघिदेखि पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको ओलीको भनाइ रहेको छ ।

लामो समय माधव नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु एमालेमै रहेको उनले बताए छन् । नेता नेपालले आफ्नो पार्टीमा राखेका नेताहरुले पनि धमाधम वक्तव्य दिएको आफूले थाहा पाएको ओलीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्