रेल्वे कम्पनीमा निरन्जन झा महाप्रवन्धक नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

४ भदौ,रेल्वे कमपनीमा सप्तरी निवासी निरन्जन झा नियुक्त भएका छन्। बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्य मन्त्रि भए पछि माधव कुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादीका) निरञ्जन झालाई नेपाल रेल्वे कम्पनीको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

बिहीबार मात्रै  सरकारले  बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्