धर्नामा बसेका एमाले सांसदहरु फर्किए

Ad
  • कालोपाटी सम्बाददाता

४ भदौ, काठमाडौं। सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्नामा बसेका आमाले साम्सदहरु धर्ना छाडेर फर्किएका छन्।  डेढ घण्टा कुर्दा पनि सभामुख अग्नि प्रसाद सापकोटा नआए पछि उनीहरु धर्ना छाडेर हिडेका हुन्।

बिहिबारनै पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न भन्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । सो क्रममा एमाले सांसदहरु  र सभामुख अग्नि प्रसाद सापकोटा बीच भनाभन नै भएको थियो ।

सभामुख सापकोटाले भने आज बाहिर रहेकाले कार्यालयमा आउन नसक्ने जानकारी गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्