मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

kulprasad
Ad
  • कालोपाटी सम्बाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत  पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको छ भने प्रस्तावको विपक्षमा कुनै मतनै खसेन। एक जना तटस्थ रहे । पक्षको मत प्रदेशसभाको सदस्यका संख्याको हिसाबले बहुमत भएकाले हुनाले  मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो  ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन ।
मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।

सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुनस् साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार साढे ३ बजे बसेको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्