आज को मौसम अनुमान

Ad
  • कालोपाटी सम्बाददाता

आज नेपालभर सामान्य देखि पूर्ण बदली रही धेरै ठाउँहरुमा सामान्य देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक – दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरो को जोखिम रहेको छ। साथै पानीको सतह बढ्न सक्ने भएकोले  सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

बुधबार नेपालको अधिकांश भू-भागमा सामान्य  बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक- दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार नेपालको अधिकांश भू-भागमा सामान्य  बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नं २ का केहि स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्