नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट ढकालले दिए राजिनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्षसमेत रहेका चन्द्र ढकालले नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् ।

भाइका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेपछि विवादमा तानिएका उनले पदबाट राजिनामा दिएका हुन् । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् ।

यसैबीच हिजो मंगलबार नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले पनि राजिनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, संचालक चन्द्र ढकाल र नेप्से प्रमुख साउद विवादमा तानिएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्