प्रतिकूल मौसमको प्रभाव हवाई उडानमा, पोखरामा अवतरण हुने जहाज पुन: काठमाडौं नै फर्कियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिकुल मौसमको प्रभाव हवाई उडानमा परेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट हुने उडान गन्तव्य विमानस्थलहरुको प्रतिकुल मौससका कारण प्रभावित बन्न पुगेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसमका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौंबाट पोखरा पुगेका जहाज पुनः काठमाडौं नै डाइभर्ट गरिएको छ ।

अहिले पोखरा विमानस्थल मौसम खराबीका कारण बन्द भएको छ । शुक्रबार बिहान भद्रपुर र विराटनगर विमानस्थलको उडान समेत प्रभावित थियो । ती रुटमा उडान अहिले सूचारु भएको छ । बिहानका उडानहरु डिले भएका कारणले यसले विमानस्थलमा यात्रुको चाप भने बढाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्