बालिका र किशोरी बलात्कार आरोपमा दुई किशोर पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीकी १५ वर्षीया किशोरी र कञ्चनपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

म्याग्दीकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई भदौ २ देखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटकपटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका-४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्