नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको सेयर मूल्य पनि घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४९.१८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २.५४ ले घटेको छ ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको सेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको सेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको सेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला जलविद्युतको सेयरमा पनि सकरात्मक सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्