लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताएका छन् ।

गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कर्मचारी प्रशासन स्थायी सरकार भएकाले गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने बताए । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा जोड दिँदै उनले तीन किसिमको दक्ष जनशक्ति छनोट गर्ने जिम्मेवारी लोकसेवा आयोगमा रहेको बताए ।

प्रदेश राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुखलाई गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार आयोगद्वारा वार्षिक प्रतिवेदन तयार पारी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्