‘पटिहानी रिसोर्ट’ : सञ्चालनको अन्तिम तयारी

Ad
  • कालोपाटी सम्बाददाता

चितवन, १६ भदौ (रासस) : पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार रिसोर्ट चितवनसहित देशभरका २२ व्यवसायीका लगानीमा निर्माण गरिएको हो । हालसम्म रु ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा रु एक अर्ब हाराहानी खर्च हुने बताए ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्