उठाउन थालियो काठमाडौंको फोहोर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं महानगरपालिका र सिसडोबासि बीच मंगलबार बेलुका ९ बुँदे सहमति भएपछि काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं महानगरले भने नुवाकोटको सिसडोल-सडक बिग्रिएको कारण फोहोर उठाउन नसकिएको बताउदै आएको थियो ।

सहमतिमा सरकारले सिसडोल-सडक  १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने , सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन , सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने आदि उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक लगायतको हिजो बसेको बैठकले बुधबारदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको अनुमान छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्