भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कोरोनाको कारण वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि(बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उनले भने, ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’ साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्