२२ गते पछि सरकारमा जान्छौ : उपेन्द्र यादव

Ad
  • कालोपाटी सम्बाददाता

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भाद्र २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँने बताएका हुन्  । उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नै नरहेको दावी गरे । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको उनले बताए । त्यस्तै अध्यक्ष यादवले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाए । उनले लोसपासंग जसपाको कुनै प्रतिस्पर्धा नै नहुने जिकिर गरे ।

उनले जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्